लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच सार्वजनिक तथा बिक्री वितरणको घोषणा गरेको छ। ह्यालोजनमुक्त इकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथ साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त छ।